प्रहरीमा नयाँ आईजीपी, कार्यालय भद्रगोल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ ।  गत २०७९ बैशाख १८ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । सिंहको नियुक्तिपछि एआईजी विश्वराज पोखरेल एक महिना लामो विदामा बसेका छन् । पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाई आगामी जेठ १७ देखि शरु हुने बताइएको छ ।

एआईजी पोखरेल विदा बसेपछि उनले सम्हालेको मनव स्रोत विकास विभाग अहिले नेतृत्वविहीन बनेको छ । एकै पटक पूर्वआईजीपीसहित झण्डै दुई दर्जन उच्च प्रहरी अधिकारीहरुले अवकास पाएपछि प्रहरीका महत्वपूर्ण विभागहरु नेतृत्वविहीन बनेका छन् । उता प्रहरी एकेडेमीमा डिआइजी मुकुन्द आचार्यलाई निमित्तको जिम्मेवारी दिएर टालटुल पारिएको छ । एआईजीको दरबन्दी रहेको सिआईबी एसएसपी कुवेर कडायतले निमित्त बनेर चलाएका छन् । साइबर व्यूरो र लागू औषध नियन्त्रण व्यूरो पनि निमित्तको भरमा चलाइएको छ । महानगरमा एआइजी रहने व्यवस्था भए पनि डिआइजी उत्तम सुवेदीलाई चिठ्ठा परेको छ । नेपाल प्रहरीको बाँकी एआईजी बढुवामा वरिष्ठ डिआइजीहरु उत्तम सुवेदी, मुकुन्द आचार्य, अरुण बि.सि. र दिनेश लोहनीमध्येबाट हुने छन् ।

डिआईजीका १७ पदमा एसएसपीबीच मारामारको अवस्था रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । डिआईजी बन्न एसएसपीहरु पैसाको बिटो बोकेर शक्तिकेन्द्रमा धाउन थालेको जानकारहरुले बताएका छन् । भद्रगोल अवस्थामा महानिरीक्षक बनेका सिंहलाई प्रहरी संगठन तन्दुरुस्त राख्न र शान्तिसुरक्षा कायम गर्न महाभारत पर्ने ठानिएको छ । स्थानीय तहको निर्वाचन सफल बनाउन खेलेको भूमिकालाई प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्रीले प्रशंसा गर्दै धन्यवाद दिएका छन् । जतासुकै भ्याङ परेको संगठन कसरी र कहिले पूर्ति गर्दछन्, त्यो हेर्न बाँकी नै छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *