जसपा र नेकपा एसलाई गठबन्धन फापेन

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर । संविधान जारी भएपछिको दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भई धमाधम निर्वाचन परिणामहरु आइरहेका छन् । निर्वाचन परिणामले काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिमा आएका छन् । निर्वाचनका बेला गठबन्धनका सहयात्री जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस.) लाई जनताले खासै नरुचाउँदा सीमित सीटमा खुम्चिने अवस्था आएको बताइएको छ ।

सत्ताको लोभले दल विभाजन गरी निर्वाचनमा होमिएका जसपा र नेकपा एसको भागमा परेको छवटा महानगरपालिकामध्ये पोखरा महानगरपालिकामा नेकपा एसका धनराज आचार्य र वीरगञ्ज महानगरपालिकामा जसपाका उम्मेदवार राजेशमान सिंह मतान्तरका हिसाबले अगाडि रहेका छन् । स्थानीय तहको निर्वाचनमा सोचेअनुसारको नतिजा नआएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गम्भीर समीक्षा गर्ने बताएका छन् । गठबन्धनका घटकहरु काँग्रेस र माओवादीले आपूmहरुसँग सहकार्य गर्न नचाहेको बताउन थालेका छन् ।

यता नेकपा (एमाले) ले कार्यकर्ताहरु आपूmतिर ल्याएर धोका दिने नेताहरुलाई स्वीकार्न नसकिने बताइएको छ । उता, दल विभाजनको असर जसपामा पनि परेको छ । जसपाले केही स्थान हात पार्दा लोसपाले खातासम्म पनि खोल्न सकेको छैन । जसपा र लोसपाको आधार मानिएको मधेश प्रदेशमा काँग्रेस एमालेले उनीहरुको स्थान खोस्न सफल भएका छन् । मधेश प्रदेशमा नै जसपा कमजोर बनेपछि अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई बर्बराउन थालेका छन् ।

यो गठबन्धन जसपा र नेकपा एसबाट मन्त्री बन्नेहरुका लागि फलिफाप भए पनि दललाई अफापसिद्ध भएको जानकारहरुले बताएका छन् । स्थानीय तहको निर्वाचनमा स्थापित पार्टीहरुलाई युवा मतदाताहरुले नरुचाएको अवस्थामा जसपा र नेकपा एसले ठूलो भाग खोज्नुलाई हुटिट्याउँले आकाश थाम्नुजस्तै भनी व्यंग्य गरिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *