एमालेको ‘युटर्न’ पछि संसद् सुचारु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमा ।  स्थानीय तहको निर्वाचन परिणामले धक्का खाएको नेकपा (एमाले) नैतिक दबाबका कारण ‘युटर्न’ भएको छ । बिनासर्त अर्थात् विगत नवौँ र दशौँ संसद् अधिवेशनको मागलाई छोडेर जेठ ४ गते संसद्मा फर्किन बाध्य भएको छ । प्रतिनिधिसभा बैठकमा दुई सय ५१ दिन अर्थात् नौ महिनापछि संसदीय कामकारबाहीमा फर्किएको छ ।

गत जेठ ४ गतेदेखि शरु भएको संसद् बैठकमा ५ र ६ गते बजेटमाथि प्रि—छलफल गरी ७ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नवौँ र दशौँ अधिवेशनमा दल विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको भन्दै गत २०७८ भदौ २३ गतेदेखि संसद्मा नाराबाजी गर्दै अवरोध गरेका थिए ।

आफ्ना १४ सांसद्माथि कारबाहीको सूचना टाँस गर्नुपर्ने वा सभामुखले राजीनामा गर्नुपर्ने एमालेको अडान थियो । स्थानीय तहको निर्वाचनमा जनताले नेकपा (ए.स.) लाई इन्कार गरेपछि त्यसको अस्तित्वमा प्रश्न उठाउन आवश्यक नरहेको भन्दै संसद्को अवरोध हटाए पनि नयाँ ढङ्गले विरोध जारी राख्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताइरहँदा राष्ट्रियसभाको बैठक एमालेले अवरोध गरेका थिए ।

जनताको समस्या मुखरित गर्ने थलो संसद्मा अर्थतन्त्रको गहिरिँदो संकट महँगी, विकास निर्माणजस्ता कुराहरुलाई मध्यनजर गर्दै एमालेले संसद्मा भाग लिनुलाई सकारात्मक ठानिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *