सरुवामा परेका सह–सचिवहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं l स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै सरकारले नौ जना सह–सचिवहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रुद्रसिंह तामाङलाई सरुवा गरेको छ ।

मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू उमेश ढुङ्गानाको सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलमा सरुवा भएको छ । सो कार्यालयका सह–सचिव विष्णुप्रसाद कोइराला मन्त्रालयको अतिरिक्तमा तानिएका छन् । उता, अतिरिक्तमा रहेका सह–सचिव कल्पना श्रेष्ठको गृह मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ । नारायणप्रसाद शर्मा आन्तरिक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेश वा अन्तर्गत सरुवा भएका छन् । यस्तै, सुरेश राउतको यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय, प्रदेश नं.१ विराटनगरमा सरुवा भएको छ ।

यसैगरी सुशीला अर्याललाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरुवा गरिएको छ । सह–सचिव सुरेश पन्थीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशमा सरुवा गरिएको छ । यस्तै दीपक घिमिरेलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौंमा जिम्मेदारी दिइएको छ । सह–सचिव प्रदीप परियारलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *