पर्यटन मन्त्रीद्वारा अधिकारीद्वय माथि भेदभाव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ l  पर्यटन तथा नागरिक उयन मन्त्रालयअन्तर्गत दुईजना अधिकारी अध्यक्ष तथा महानिर्देशक पदमा आसीन छन् । जसमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नागरिक उयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी ।

कर्मचारीहरुलाई तर्साएर र धम्काएर चर्चित बनेका पर्यटन तथा नागरिक उयन मन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमको व्यवस्थापन र नीतिगत सुधार गर्न नसक्दा करिब ५० अर्ब रुपियाँ बराबरको ऋणको भासमा नेपाल वायुसेवा निगम डुबेको छ । निगमभित्र अध्यक्ष अधिकारी र महाप्रबन्धक डिमप्रकाश पौडेलको शीतयुद्धका कारण अधिकारीले निगमको सुधार पक्षमा राम्रो काम गर्न खोज्दा मन्त्री नै बाधक बनेर उल्टै अधिकारीलाई अवकाश दिने तयारी गरेको मन्त्रालय स्रोतले बताएको छ । अध्यक्ष अधिकारी नेकपा (ए.स.) का नेता झलनाथ खनालको सिफारिसमा नेवानिको अध्यक्षमा नियुक्त भएका हुन् ।

अध्यक्षमा नियुक्त हुँदा मन्त्री आले र अधिकारीको सम्बन्ध नङ र मासुजस्तो भए पनि अहिले मन्त्री आलेलाई दक्षिणा बुझाउन नसक्दा सम्बन्ध नदीको दुई किनार जस्तै बनेको जानकारहरुले बताएका छन् । यसै पनि मन्त्री आलेको दल नेकपा (ए(स.) पाँचौँ नम्बरमा शेयर घटेझैँ तल झरेपछि मन्त्री उठ्तीपुठ्ती र असुलीमा लागेको बताइएको छ । अधिकारीले मन्त्री आलेको स्वार्थ पूरा नगरेपछि हटाउनेधन्दामा जुटेको समाचार स्रोतले बताएको छ ।

उता, वरिष्ठहरुलाई पाखा पार्दै थैलीकै भरमा नागरिक उयनको महानिर्देशक बनेका प्रदीप अधिकारीले आपूmभन्दा अगाडिका महानिर्देशकहरु सबै भ्रष्ट र झोले भएकाले आपूmले क्यानलाई फरक ढङ्गले चलाउने बताएका छन् । राष्ट्रिय गौरवको आयोजना भनिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आयोजना प्रमुख हुँदा ‘लुटेको’ रकम रु.१० करोड मन्त्री आले र सचिव महेश्वर न्यौपानेको पाउमा चढाएर डिजी बनेको आरोप अधिकारीमाथि लागेको छ । यस्ता व्यक्तिले क्यानको भ्रष्टाचार निर्मूल गर्छु भन्नु ‘सूर्यलाई हत्केलाले छेक्नु’ जस्तै हो भनी मन्त्रालयमा चर्चा चलेको छ । महानिर्देशक अधिकारीले एयरलाइन्सहरुले तिर्नुपर्ने पार्किङ गरेबापतको रकम उठाउन नसकेर रन्थनिएको अवस्थामा आफ्ना लागि असुली गर्नेबाहेक अरु सिन्को नभाँच्ने जानकारहरुले बताएका छन् । अधिकारीलाई पूर्वमहानिर्देशक राजकुमार क्षत्रीले सर्वोच्चमा रिट दायर गरेपछि जागिरको पिरले निदहराम भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *