बौलाको डायरी माथि परिचर्चा

Nayabimarsha (Weekly Newspaper from Nepal)

बोस्टन, अमेरिका/ महेश्वर पन्तको उपन्यास ‘बौलाको डायरी’ माथि परिचर्चा कार्यक्रम आयोजना गरिएको छ । अमेरिकाको बोस्टनमा आयोजित कार्यक्रममा कृतिका बारेमा नारायण श्रेष्ठ, हरि काफ्ले , गोवद्र्धन पूजा, थानिरत्न कँडेल,, अनु शाह, माधव उप्रेती, प्रकाश खड्कालगायतले मन्तव्य राखेका थिए ।
अनेसास बोस्टन च्याप्टरका उपाध्यक्ष सुशील नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा लव अधिकारी, सुरेश ढकाल, विनोद उप्रेती, प्रकाश खनाल, राधाकृष्ण पन्त, सरिता ढकाललगायतको सहभागिता रहेको थियो । उपन्यासकार पन्तले ‘बौलाको डायरी’ को सिर्जनाको कथा प्रस्तुत गरेको उक्त कार्यक्रमको आयोजना अनेसास बोस्टन च्याप्टर र कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले आयोजना गरेको थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *