विजुक्छेंलाई पत्नी शोक

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष एवम् भक्तपुरका सर्वमान्य नेताको मान्यता पाएका नारायणमान विजुक्छेंलाई पत्नी शोक परेको छ । उनकी पत्नी शोभा प्रधानको उपचारका क्रममा बुधबार अपराह्न नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि ललितपुरमा निधन भएको छ ।
नेपालको राजनीतिमा छुट्टै पहिचान बनाएका नारायणमानकी पत्नी शोभा रामेछापमा १४ पुस २०१७ सालमा जन्मिएकी बताइन्छ । नेता नारायणमानसँग उनको विवाह ११ मङ्सिर २०४० मा विवाह भएको थियो । लामो समयसम्म शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएको बताइएको छ । त्यतिबेला क्यान्सर निवारण भए पनि केही वर्षअघि पुनः देखिएपछि उनी उपचाररत रहेकी बताइएको छ ।
विजुक्छें दम्पत्तिका दुई छोराहरु डा. सुवेग र सुवान छन् । पत्नीको निधनले नारायणमान विछिप्त बनेका बताइएको छ । स्वच्छ छवि तथा सत्ता राजनीतिभन्दा बाहिरको राजनीतिलाई महत्व दिने गरेका नारायणमानले पत्नी वियोग खप्नु परेकोमा विभिन्न निकायहरुले दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *