खर्च विवरण खोज्दै आयोग

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/निर्वाचन आयोगले निर्वाचन सकिएको ३० दिनभित्र निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको सूची संकलन गर्ने तयारी गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको छुट्टाछुट्टै विवरण तयार गरी कारबाहीका लागि आयोगमा पठाउन सबै निर्वाचन कार्यालयहरूलाई निर्देशन दिइएको छ । निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारहरुले आफ्नो खर्च विवरण बुझाउनुपर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *