बीमा कम्पनी गाभिन नयाँ मापदण्ड

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ बीमा कम्पनीहरुको संयुक्त मर्जर समितिमा सञ्चालक समितिका अध्यक्षलाई बस्न नपाउने गरी नयाँ व्यवस्था गरिएको छ । बीमा समितिले गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने कम्पनीहरुको संयुक्त मर्जर समितिमा सम्बन्धित कम्पनीका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक समेतलाई बस्न नपाउने व्यवस्था परिपत्रमार्फत गरेको हो ।
समितिले गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी एक परिपत्र जारी गर्दै उक्त समितिमा गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा सम्बन्धित संस्थाका सञ्चालकहरुमध्येबाट कम्तीमा एकजना र बढीमा तीनजनासम्म सदस्य हुन सक्ने व्यवस्था गरेको छ । कुनै विज्ञ व्यक्तिलाई आवश्यकतानुसार राय सुझावको लागि उक्त समितिमा बोलाउन सकिने भनी व्यवस्था गरिएको छ ।
यसरी गरिएको नयाँ व्यवस्थामा सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन प्राप्त गरेपछि संयुक्त मर्जर समितिले मूल्याङ्कन प्रतिवेदनमा सिफारिस गरिएको शेयर स्वाप अनुपातलाई यथावत स्वीकार गर्न सकिनेछ भन्ने उल्लेख गरिएको छ । यसैगरी कम्पनीहरु गाभ्ने, गाभिने तथा प्राप्ति कार्य सम्पन्न गर्न समयबद्ध कार्यतालिका तयार गर्नुपर्ने व्यवस्था पनि गरेको जनाएको छ । यसमा कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ दफा ७ बमोजिम मूल्यांकनकर्ताको नियुक्ति मिति र विवरणसहित ऐन बमोजिम मूल्यांकन प्रतिवेदन पेश गर्ने मिति समेत उल्लेख गर्नुपर्ने कुरामा जोड दिइएको छ ।
संयुक्त मर्जर समितिको प्रतिवेदन माथि संचालक समितिको निर्णय हुने मितिसमेत उक्त विवरणमा पेश गर्नुपर्ने भनी बीमा समितिले जनाएको छ । कार्यतालिकामा कम्पनी रजिष्ट्रार कार्यालयमा गाभिएपछिको कम्पनीको संयुक्त कारोबार शुरु गर्ने मिति समेत खुलाई समितिमा पेश गर्न उक्त परिपत्रमा भनिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *