अन्तरिक्षमा चीन नै अघि बढ्ने

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर÷ विश्वको अर्थतन्त्रमा पहिलो बन्ने गरी अघि बढ्दै आएको चीनले अन्तरिक्षमा समेत आफैंलाई सबैभन्दा अघि रहेको देखाउने तयारी गरेको छ । चीनको पछिल्लो तयारी अनुसार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाभन्दा धेरै अघि बढ्ने तयारीमा चीन रहेको बताएको छ । आफ्नो योजना अनुसार सबै कुरा भए छिट्टै विश्वको सबैभन्दा ठूलो टेलिस्कोप स्थापना गर्ने तयारीमा चीन रहेको हो ।
चिनियाँ वैज्ञानिकहरू अर्को पुस्ताको अन्तरिक्ष वेधशाला निर्माण गर्न चाहिरहेको समाचार स्रोतले जनाएको छ । यो काम भयो भने यसले तिनीहरूलाई ‘डार्क म्याटर’ को खोजीमा अग्रणी स्थानमा राख्न सक्ने दाबी चीनका वैज्ञानिकहरुले गरेका छन् । चीनले यसलाई ‘भेरी लार्ज एरिया गामा–रे स्पेस टेलिस्कोप’ को नाम दिएको छ । यसको संक्षिप्त नाम भीएलएएसटी (ख्ीब्क्त्) राखिएको छ । यो टेलिस्कोप अझै प्रारम्भिक अनुसन्धान र विकासको चरणमा रहेको पनि बताइएको छ ।
यसको लक्ष्य हाल विश्वको सबैभन्दा संवेदनशील गामा–रे टेलिस्कोप नासाको फर्मी लार्ज एरिया टेलिस्कोपको भन्दा १० गुणा बढी संवेदनशीलता हासिल गर्ने रहेको बताइएको छ । चिनियाँ सरकारबाट छिट्टै स्वीकृति पाएमा यो दशकको अन्त्यसम्ममा टेलिस्कोप कक्षमा जान सक्ने यसलाई निर्माण गर्ने कार्यमा वैज्ञानिकहरु जुटिरहेका छन् । नान्जिङ पर्पल माउन्टेन अब्जर्भेटरी, हेफेई युनिभर्सिटी अफ साइन्स र लेन्झाउ इन्स्टिच्युट अफ मोडर्न फिजिक्सका अन्वेषकहरूले यस परियोजनाको संयोजन गरिरहेका छन् । यसबाट यो टेलिस्कोप प्राविधिक रूपमा कति विकसित तथा अत्याधुनिक हुनेछ भन्ने अनुमान गर्न सकिन्छ ।
हाल संसारको सबैभन्दा ठूलो टेलिस्कोप नासाको फर्मी लार्ज एरिया टेलिस्कोप हो । नासाको टेलिस्कोप संसारकै सबैभन्दा संवेदनशील गामा रे टेलिस्कोप हो ।
भीएलएएसटीले गामा–किरण विकिरणको अचम्मलाग्दो अतिरिक्त भागको जाँच गर्न हाम्रो ग्यालेक्टिक केन्द्रमा पनि जुम इन गर्नेछ, जसलाई आत्म–विनास गर्ने डार्क म्याटरको उपस्थितिसँग व्याख्या गर्न सकिने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *