हाम्रा प्रस्तुति सामाजिक दायित्व बोकेको पाटो भएकाले त्यसलाई निर्देशन गर्नु कम सजिलो छैन: निर्देशक तथा कोरियोग्राफर कृष्ण रसाल

म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफीमा आफ्ना अब्बल क्रियसनमार्फत् दर्शकको मन जित्न सफल छन् कृष्ण रसाल । रौतहट स्थायी घर भई काठमाडौंलाई कर्मथलो बनाएका रसालले ललितकला क्याम्पसमा संगीत विषय पढेका हुन् । उनले बिजुलीबजारमा रहेको डायमण्ड एक्टिङ डान्स सेन्टरमा नृत्य प्रशिक्षणका…

मह जोडी डिसेम्बर तेस्रो साता बेलायतमा

लन्डन/ वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रस्तुति बेलायतमा हुने भएको छ । उनीहरुको प्रस्तुतिको नाम ‘मह जोडी यूके टुर’ राखिएको छ । त्यसको तयारी बेलायतमा भैरहेको समाचार स्रोतले जानकारी दिएको छ । यही डिसेम्बर तेश्रो साता च्यारिटी कार्यक्रमका…

महाजात्रा’ को छायांकन शुरु

काठमाडौं/ नेपाली सफल चलचित ‘जात्रा’ को तेस्रो श्रृंखलाको रुपमा ‘महाजात्रा’ आउने भएको छ । त्यसको छायांकन बुधबारदेखि शुरु भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले स्वयम्भूको बिजेश्वरी मन्दिरमा पूजा गर्दै ‘महाजात्रा’ छायांकन थालेको बताइएको छ । ४५ दिनको छायांकनको तालिका…

९७३१ नं. टिकट भाग्यमानी

काठमाडौं/ ‘नाडा अटो शो’ एकजना अवलोकनकर्ताका लागि विद्युतीय स्कुटर पुरस्कार घोषणा गरेको छ । २६ भदौदेखि ३१ गतेसम्म टिकट काटेर गएकामध्ये ९७३१ टिकट नम्बरका अवलोकनकर्ताले याडिया इलेक्ट्रिक स्कुटर जितेको नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त टिकट नम्बरका…

पोखरामा तीज महोत्सव

पोखरा / हरितालिका तीजको अवसरमा पोखरामा तीन दिने तीज सांस्कृतिक महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । पर्यटन महिला व्यवसायी संघ, नेपाल (टेवान) ले पहिलो पटक आयोजना गरेको गण्डकी प्रदेशस्तरीय तीज महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन, महिला प्रतिस्पर्धा र महिला उद्यमी सम्मेलन…

निरुताले गरिन् विवाह

भक्तपुर/ नेपाली चलचित्र क्षेत्रकी कुनै समयकी लोकप्रिय अभिनेत्री निरूता सिंहले अघिल्लो बिहीबार विवाह गरेकी छन् । उनले मुम्बईका सञ्जीभ गुलाटीसँग विवाह गरेकी हुन् । आफ्नो विवाहलाई पुष्टी गर्दै निरुताले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक…

विचित्रको विश्व

एक सय ४८ जुम्ल्याहा पढ्ने विद्यालय ग्रेट ब्रिटेनको उत्तरी भागमा अवस्थित एक देश हो स्कटल्याण्ड । जुम्ल्याहा बच्चाको जन्मदरमा स्कटल्याण्डको इन्भरक्लाइड क्षेत्र अग्रस्थानमा छ । इन्भरक्लाइडलाई ट्विनभरक्लाइड पनि भनिन्छ किनभने धेरै जुम्ल्याहाहरू जन्मिन्छन् । यहाँ सन् २०१५ मा १९ जुम्ल्याहा…

तिजको अवसरमा इनरुवामा महिला भेला

पिएमणि भट्टराई इनरुवा/ इनरुवा नगरको महिला भेला एवम् तिजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल महिला संघ नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको आयोजनामा नगर सभापति राजन मेहताको सभापतित्वमा प्रमुख आतिथ्य तथा जिल्ला सभापति केदार भण्डारीको उपििस्थति…

इनरुवा सेवा समाजको तीज कार्यक्रम

काठमाडौं/ सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा जन्मी वा थातथलो बनाई हाल काठमाडौं उपत्यकामा रहेका महिलाहरुका लागि तीज कार्यक्रम शनिबार गरिएको छ । इनरुवा सेवा समाज, नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा करिब एक सय ५० जनाको सहभागिता रहेको समाजका अध्यक्ष गोपालप्रसाद पोखरेलले…

‘मिस युनिभर्स नेपाल’ मा २२ अन्तिम प्रतिस्पर्धी

काठमाडौं / उमंग क्रियसनको आयोजनामा ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक गरिएका छन् । पाँच सयजना प्रतिस्पर्धीहरूमध्ये २२ जना अन्तिम प्रतिस्पर्धीहरूका रुपमा सार्वजनिक गरिएका हुन् । सुन्दरीहरूको सहभागीता रहेको सो प्रतिस्पर्धाबाट २२ जनालाई अन्तिम…