१५औैं महाधिवेशनको कार्यतालिका ल्याउन हानाथाप

Nayabimarsha (Weekly Newspaper from Nepal)

कृष्ण लम्साल

काठमाडौं/ नेपाली काँग्रेसमा आगामी असौज १६ देखि १९ गते सम्म महाधिवेशनको मिति घोषणा भै यहि भाद्र २४ गतेदेखि वडा तहको अधिवेशन शुरु हुने भएको छ । विशेष महाधिवेशनबाट आएको शक्ति र वैधानिक प्रकृयालाई पूर्व पार्टी सभापति शेरबहादुर देउवा समूहले अस्वीकार गर्दै आएका छन् । यिनै देउवा गुटको संयोजक बनेर आफ्नो राजनीतिक अस्तित्व नै समाप्त गरेका डा. शशाङ्क कोइराला एण्ड कम्पनीमा -विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत, कृष्ण प्रसाद सिटौला) रहेकाहरुले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने बताएको छ ।
सर्वाेच्च अदालतको पछिल्लो कदमले उत्साहित बनाएको यो समूहलाई आफ्नो राजनीतिक रक्षा र अस्तीत्वको लडाइँले निदहराम बनाएको छ । वैधानिक हिसाबले रुख चिन्ह, चारतारे झण्डा र पार्टी कार्यालय कब्जा गरेको संस्थापन पक्षसँग सशक्त र एकीकृत बनेर प्रतिस्पर्धा गर्नुको सट्टा आफैंभित्र विभाजित र दिशाहीन बनेपछि इतरपक्षमा संकट देखिएको काँग्रेसका जानकारहरुले बताएका छन् ।
पार्टीभित्र आफ्नो भूमिका र स्थान सुरक्षित नभएपछि विचार र सिद्धान्त बोकेका निष्ठावान् नेताहरु तितरवितर बन्न पुगेको चर्चा चलेको छ । पदीय भागवण्डा र अहंकारले ग्रस्त को.दे. समूह पूर्व उपसभापति पूर्ण बहादुर खड्का र वरिष्ठ नेता डा. शेखर कोइराला अलग भएको बताइएको छ । खासगरी राष्ट्रिय भेलाको समापन समारोहमा खड्का र कोइराला नजानुलाई अनेक कोणबाट हेरिएको छ ।
धर्मको वैशाखी टेकेर हिन्दु कार्ड सनातनी धर्मको बाटो लिएपछि पूर्ण शेखर टाढिएको अर्थ लागेको छ । खाशगरी आफैलाई मात्र काँग्रेस र सबैकुरा ठान्ने यो समूह आन्तरिक द्धन्द्ध र जनताबिच अलोकपृय रहेको घामजत्तिकै छर्लङ्ग छ । अहिले सभापति गगन थापालाई चौतर्फी घेराबन्दि गर्ने प्रयत्न गरेको यो समूह भोटेकोशीमा आएको महाविपत्तिमा महाधिवेशनको तिथी मिती र नेतृत्वप्रती जुट्नलाई बेमौसमको बाजाको संज्ञा दिइएको छ । उता, देउवा पक्षको महाधिवेशन तालिका ल्याउने हल्लापछि शेखरले पनि आपूm निकटका नेताहरुसँग छलफल शुरु गरेको जानकारी प्राप्त भएको छ । डा. शेखरले पूर्वसभापति देउवालाई भेटेर पार्टीभित्रको समस्या समाधानका बारेमा छलफल गरेको बताइएको छ । यसैबीच काँग्रेस सभापति राहत र उद्धार टोलीसहित नुवाकोट र रसुवा क्षेत्रमा पुगी समस्याको बारेमा जानकारी लिएको खबर श्रोतले दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *