प्रेस युनियनको महाधिवेशन शुरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

हेटौंडा/ नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको ९औं महाधिवेशन आजदेखि यहाँ शुरु हुने भएको छ । युनियनको महाधिवेशनको उद्घाटन कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ ।
सोही उद्घाटन समारोहमा सरिक हुनका लागि कांग्रेसका महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य रामहरि खतिवडासहितका नेताहरू बिहीबार नै यहाँ आइपुगेका हुन् । शुक्रबार र शनिबार दुई दिन चल्ने युनियनको महाधिवेशनमा अध्यक्षमा अनिता विन्दु र शिव लम्साल उम्मेदवार बन्ने चर्चा छ ।
यसैगरी विभिन्न पदमा विभिन्न व्यक्तिहरुले उम्मेदवारी घोषणा गरेका छन् । युनियनको समयावधि सकिएको लामो समय हुँदा पनि अघिल्लो महाधिवेशनबाट चुनिएका पदाधिकारीहरुले पदमा बसी आफ्नो दुनो सोझ्याउने कार्य मात्र गरेको आरोप लागेको अवस्थामा महाधिवेशन हुन लागेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *