राप्रपामा यताउता जारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आउने जाने क्रम चहिरहेको छ । खासगरी दलको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि केही व्यक्तिहरु राप्रपामा भविष्य देखी हाम्फालेका छन् । यसक्रममा राप्रपामा पराजित भएका कमलबहादुर थापाले भने राप्रपा नेपाललाई ब्युँत्याउने प्रयास गरेकाले राप्रपाबाट राप्रपा नेपालमा जानेहरुको संख्या पनि बढ्दै गएको छ ।
यसरी समस्याको रुपमा रहेको राप्रपाले ४९ जना केन्द्रीय सदस्य थप गरेको छ । अध्यक्ष लिङ्देनले उनीहरुलाई मनोनीत गरेका हुन् ।
राप्रपा छोडेर राप्रपा नेपालमा गएका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङलाई राप्रपा केन्द्रीय समितिमा स्थान दिइएको छ । पौडेल राप्रपा नेपालमा उपाध्यक्ष र गुरुङ कोषाध्यक्ष थिए । राप्रपाको केन्द्रीय सदस्यबाट राजीनामा दिएर राप्रपा नेपालतिर लागेका उनीहरु फेरि मूल दलमै फर्केका हुन् । यसैगरी पूर्वमन्त्रीहरु जगत गौचन र रामचन्द्र रायलाई पनि राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । हेर्टौंडा उपमहानगरपालिकाको प्रमुखमा लडेर पराजित भएका दीपकबहादुर सिंहलाई पनि केन्द्रीय समितिमा राखिएको छ ।
यसैगरी, शिवराज नगरपालिकाका मेयर अजय थापा, रामग्राम नगरपालिकाका उपमेयर सम्झना चौधरी, पूर्वसचिवद्वय केदारवहादुर अधिकारी र केदार न्यौपाने पनि केन्द्रीय सदस्य बनेका छन् । अन्य थपिएकाहरुमा राजाराम श्रेष्ठ, परशुराम तामाङ, रामशरण पाठक, जयलाल पुन लगायत रहेको राप्रपाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
राप्रपामा दुई सय ५१ जनाको केन्द्रीय समिति रहने प्रावधान छ । पूर्वमन्त्री दिलनाथ गिरी लगायतका नेता राप्रपा छोडेर राप्रपा नेपालमा प्रवेश गरेको अवस्थामा उनीहरुसँगै जान तयार रहेकाहरुलाई रोक्नका लागि पनि लिङदेनले मनोनीत गरेका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *