अमेरिकी मन्त्रीको नेपाल आगमन

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/नेपालमा एमसीसी पास भएपछि अमेरिकी पदाधिकारीहरुको नेपाल आउने क्रम बढेको छ । यसक्रममा विहीबार अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणमा आउँदा दुवै दिन पूरै व्यस्त रहने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको नेपाल भ्रमणमा उनले देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । लूले नेपालमा रहँदा अन्य नेताहरुसँग पनि भेटघाट गर्न सक्ने समाचार स्रोतले दाबी गरेको छ । त्यसो त एमसिसी सम्झौता अनुमोदन हुनुअघि पनि लूले नेपाल भ्रमण गरेका थिए ।
नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही दिनपछि उनी नेपाल भ्रमणमा रहने जानकारी पाउनासाथ संसदीय समितिले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *