काँग्रेसको बुइमा प्रधानमन्त्री बन्ने सपना

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसको बुई चढेर काँग्रेसलाई नै खुइल्याउने रणनीतिमा जुटेका छन् । २०७४ को चुनावमा काँग्रेसलाई धोका दिएका अध्यक्ष दाहालले अहिले फेरि गठबन्धनको नाममा कम्तीमा ५० सिट, राष्ट्रपति, सभामुख र शुरुको प्रधानमन्त्री आपूm बन्न काँग्रेससँग बार्गेनिङ गरेका छन् ।
भारत भ्रमणबाट फर्केपछि दाहालको ‘बार्गेनिङ पावर’ बढेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीको सिट बार्गेनिङअनुसार काँग्रेस ७० सिटमा खुम्चिनुपर्नेछ ।
गठबन्धनका नाममा जोडिएर सत्ताको फाइदा लुटेको जसपाले पनि २०–२५ सिट र राष्ट्रिय जनमोर्चाले पनि ३–४ सिट मागे भने काँग्रेस २०–२५ सिटमा बसेर गठबन्धनको भजन–कीर्तनमा रमाउला भन्ने बहस शुरु भएको छ । समाजवादी केन्द्र बनाएर काँग्रेस र एमालेसँग बार्गेनिङ गरी तेस्रो पटक प्रधानमन्त्री बन्ने दाउमा रहेका दाहाललाई आफैँ नाङ्गिने गठबन्धन काँग्रेसले गर्ला त ?
गत स्थानीय तहको काँग्रेसको प्राप्त जनमत माओवादी र नेकपा एसलाई आँखाको कसिङ्गर बन्न पुगेको छ । त्यसमाथि एमालेमा नअटाएका नेता वामदेव गौतमले काँग्रेसलाई ठूलो दल बन्नबाट रोक्न न्वारानदेखिको बल लगाएर वामएकताको नाटक मञ्चन गर्दै आएका छन् । प्रधानमन्त्रीको आशीर्वाद थाप्न भारत भ्रमणमा गएका दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीसँग भेट नभएपछि खिस्रिक्क परेर फर्केका छन् ।
दाहालको ‘बार्गेनिङ’ लाई वास्ता नगरेर काँग्रेस र एमाले एक्लाएक्लै चुनावमा जाने हो भने माओवादी पत्तासाफ हुने निश्चित छ । तसर्थ काँग्रेसले आफ्नो बुई चढेर प्रधानमन्त्री बन्ने सपना देखेका छद्मभेषी एवं अस्थिर नेता दाहालको रणनीति बेलैमा बुझ्न जरुरी छ । खासगरी काँग्रेसभित्र सभापति शेरबहादुर देउवा एण्ड कम्पनीले दाहालको रणनीति नबुझेर बैशाखी बने पछुताउनुपर्ने काँग्रेसका शुभचिन्तकहरुले बताएका छन् ।
सरकार सञ्चालनमा असफलताको आरोप लागेका प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई बहुमत ल्याउन कांग्रेसभित्रै एकता गरी सबैलाई समेट्नुपर्ने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *