मिस नेशन नेपालको उपाधि अनिशालाई

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ मिस नेशन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् । आई डु इभेन्टसले आयोजना गरेको प्रतियोगितामा १४ जना प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् ।
श्रेष्ठले मिस नेशन नेपालको ताजका साथै नगद एक लाख रुपियाँ पुरस्कार समेत पाएकी हुन । प्रतियोगितामा फ्रस्ट रन्नर अप पूर्णिमा प्रजापति र सेकन्ड रन्नर अप दा लामु शेर्पा भएकी छिन् । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम रहेका थिए । सजिलो पे ले प्रायोजन गरेको मिस नेशन नेपाल २०२२ को निर्णायक मण्डलमा ध्रुव बुढाथोकी, ज्वालाराज पोख्रेल, सुमित राणा, स्मारिका शर्मा रहेका थिए ।
मिस नेशन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक बर्ष मिस नेसन नेपाल सञ्चालन गरेर महिलाहरुलाई श्रृंगार, नृत्य, व्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताइएको छ । प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पूर्णिमा प्रजापति, मिस फ्रेन्डली मरिना ढुङ्गेल, मिस कन्फिडेन्स श्वेता शर्मा, मिस ट्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती स¥अफ, मिस डिसिप्लिन अञ्जु थामी, बेस्ट पर्सनालिटी संगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको आयोजकले जनाएको छ ।
शो कोरियोग्राफर सुजित बश्यालले गरेको उक्त कार्यक्रमको सञ्चालन रोहित भट्टले गरेका थिए । विभिन्न फेशन डिजाइनरहरुले तयार पारेको पहिरनहरुमा सहभागीहरु स्टेजमा उत्रिएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *