बेलायतका राजाको जीवनभर सेवामा समर्पित हुने प्रतिबद्धता

Nayabimarsha (Weekly Newspaper from Nepal)

लण्डन / बेलायतका नयाँ राजा चाल्र्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पूरै सेवामा समर्पित गर्ने घोषणा गरेक हुन् । बेलायतकी महारानी एलिजावेथ द्वितीयको अघिल्लो बिहीबार निधन भएपछि उनका जेठा छोरा चाल्र्स तृतीयले राजाको जिम्मेवारी पाएका हुन् ।
राजाको रूपमा पहिलो सम्बोधन गर्ने क्रममा उनले आफू आफ्नो माताको निधनबाट अत्यन्त दुःखी रहेको उल्लेख गरे । उनले आफ्नी मातालाई आपूm र आफ्नो परिवारका लागि प्रेरणा र उदाहरणको पात्रका रूपमा चित्रित गर्दै उनको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी मातासँग महसुस गर्ने जस्तै गरी आफू पनि ऋणी रहेको बताए । उनले भनेका छन्, ‘महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुःख छ ।’
अहिले आफूहरूसँगै बेलायतका बासिन्दा, उनी राष्ट्रप्रमुख रहेका सबै देशहरू, राष्ट्रमण्डल र विश्वभरका शुभेच्छुकहरू पनि दुःखी रहेको राजा चाल्र्सले सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् । ‘‘मेरी आमाले ७० वर्षभन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा हामी उहाँप्रति पनि कृतज्ञता प्रकट गर्न चाहन्छौँ,’’ उनले भनेका छन् । एक शासकका रूपमा महारानी एलिजावेथ द्वितीयको समर्पण र प्रतिबद्धतामा जीवनभरी कहिल्यै कम नभएको पनि उनले उल्लेख गरेका छन् ।
राजनीतिक तथा पारिवारिक जीवनमा आएका उथलपुथल, खुशी, दुःख, समस्या आदि कुनै पनि बेला उनी विचलित नहुनु भएको राजा चाल्र्सले स्मरण गरेका छन् । उनले राजगद्दीको जिम्मेवारी सम्हालेदेखिको ७० वर्षको दौरानमा समाज, विविध संस्कृति र विश्वासमा परिवर्तन भए पनि त्यसको सामना गर्नु ठूलो चुनौतीका रूपमा राजा चाल्र्सले उल्लेख गरेका छन् । (एजेन्सीको सहयोगमा)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *