राप्रपामा प्रवेशको लहर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व पाएपछि राप्रपामा प्रवेशको लहर चलेको छ । राष्ट्रवादी धारलाई समाएका लिङ्देनका कारण सो दलमा आकर्षण बढेको हो । बूढाहरुको दल भनी चिनिदैं आएको राप्रपामा युवापुस्ताका लिङ्देन नेतृत्वमा आएपछि सबैको ध्यान आकृष्ट भएको थियो ।
यस क्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद रेणुका गुरुङ र पूर्वएआईजी ठाकुर श्रेष्ठ शनिबार राप्रपामा प्रवेश गरेका छन् । उनीहरुका अतिरिक्त एकीकृत राष्ट्रिय शक्ति नेपालकी केन्द्रीय सदस्य एवम् महिला संगठनकी अध्यक्ष अञ्जु सुवेदी लगायत एक सय ६४ जनाले राप्रपामा प्रवेश गरेका थिए । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले समाजका प्रतिष्ठित व्यक्तिहरुको प्रवेश र विश्वासले राप्रपा जनताबीच लोकप्रिय बन्दै गएको पुष्टि भएको बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *