राजेन्द्र महतोलाई संकट

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ सत्तारुढ गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी समेत सामेल भएको अवस्थामा सो दलका नेता राजेन्द्र महतो भने संकटमा परेका छन् । २०७४ को निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं.३ मा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई हराएर चर्चामा आएका महतोले आफ्नो जितलाई सुनिश्चित गर्न सर्लाही २ मा उम्मेदवारी दिंदा उनको उम्मेदवारीलाई सत्तारुढ गठबन्धनले मान्यता नदिएको अवस्था आएको छ ।
सत्तारुढ गठबन्धनले नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादवलाई आफ्नो आधिकारिक उम्मेदवार भएको भनी जनाएपछि महतो समस्यामा परेका हुन् । कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै यादव गठबन्धनको उम्मेदवार रहेको स्पष्ट पारेपछि महतो के गर्ने के नगर्ने भन्ने अवस्थामा पुगेका छन् ।
चारदलीय गठबन्धन र लोसपाबीच मधेश प्रदेशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सत्तारुढ गठबन्धनको यो निर्णयसँगै महतो संकटमा परेका हुन् । सर्लाही २ (क) मा सुनिल साह र (ख) मा कौशलकिशोर यादवलाई आधिकारिक उम्मेदवार भनी विज्ञप्तिमा जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *