भौतिक सहित जसपाका मन्त्रीहरु हटाइँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ पाँच दलीय गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टीका चारजना मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले हटाउने तयारी गरेका छन् । जसपाका मन्त्रीहरुले राजीनामा नदिए बर्खास्दगीमा पर्ने बताइएको छ ।
गत असारको तेश्रो साता मन्त्री पदमा बहाली भएका चारजना मन्त्रीहरु संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्रकुमार सिंहलाई हटाइने भएको छ ।
उनीहरुलाई सत्ता गठबन्धन छाडेर नेकपा (एमाले) सँग चुनावी तालमेल गरेकाले प्रधानमन्त्री देउवाले हटाउने भएका हुन् । जसपाका मन्त्रीहरुलाई हटाउन गठबन्धन दलका नेताहरुले पनि जोड दिएको समाचार स्रोतले बताएको छ । २०७४ को निर्वाचनमा पनि देउवाले नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरुलाई विना विभागीय बनाएका थिए ।
मुलुकको विकास र सम्बृद्धिमा उल्लेख्य भूमिका निभाउन नसकेका जसपाका चार जना मन्त्रीहरु श्रेष्ठ, राई, सिंह र यादवले तीन महिनामा चुनाव खर्च बटुलेको जानकारहरुले बताएका छन् । यसमध्ये भौतिक मन्त्री राईले कर्मचारीहरुको सरुवाबाट करोडौं असुलेको चर्चा चलेको छ । मन्त्री राईले नयाँलाई सरुवा गर्दा र पुरानालाई थमौती गर्दा मोटो रकम असुलेको आरोप लागेको छ ।
बर्षाका कारण बाढी पहिरोले ध्वस्त बनेको राष्ट्रिय राजमार्गहरु बनाउने र जनतालाई आवागजमनमा सहज बनाउनेतर्फ भन्दा असुली धन्दालाई तीब्र बनाएका मन्त्री यादव आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट चुनाव लड्दै छन् । यसपटक उक्त क्षेत्र मन्त्रीहरुलाई आफ्नै परिवारबाट असुरक्षित बन्न पुगेको चर्चा चलेको छ । मन्त्री पद नपाए लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गर्न खुट्टा उचालेका राईलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले भौतिक पूर्वाधार जस्तो महत्वपूर्ण मन्त्रालय दिएर रोकेका थिए । राईलाई भौतिक मन्त्रालय दिएपछि रेणुकुमारी यादवको सम्बन्ध अध्यक्ष यादवसँग बिग्रिएको छ । भौतिक मन्त्री बनेर चुनाव खर्च जुटाएका राईलाई मंसिर ४ को चुनाव फलामको च्यूरा चपाउनु सरह बन्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *