काँग्रेसलाई डाक्टर भन्दा डनवाद र धनवाद पृय

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट वितरण गरी उम्मेदवारहरु बनाएको छ । काँग्रेसभित्र विभिन्न पाँचवटा गुटका लागि कुल ९१ सिटको भागवण्डा भएको छ । लामो समय लगाएर गरिएको भागवण्डाबाट काँग्रेस भित्रै तीब्र असन्तुष्टि चुलिएको छ । यस पटकको टिकट वितरणमा काँग्रेस संसदीय बोर्डले चुनाव जित्ने क्षमतावान् व्यक्तिलाई भन्दा डनवाद, धनवाद र नातावादलाई प्राथमिकता दिएको काँग्रेसका जानकारहरुले बताएका छन् ।
क्षमता र योग्यता भएकै कारण २०७४ सालको निर्वाचनमा मोरङ–२ बाट तात्कालीन एमाले–माओवादी गठबन्धन भत्काएर चुनाव जितेका डा.मीनेन्द्रप्रसाद रिजालले यस पटक टिकट पाएनन् । उनको टिकट काँग्रेसको १४औं महाधिवेशनमा सभापतिमा सहयोग गरे बापत सुजाता कोइरालाले खोसेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
त्यस बाहेक पहिले देउवा गुटमा रहेका रिजाल पछि कोइराला गुटमा लागेपछि त्यसको प्रतिशोध साँधेको पनि अर्थ लगाइएको छ । २०७४ सालको निर्वाचनमा काँग्रेस २३ सिटमा खुम्चिँदा संसदमा सशक्त आवाज उठाउनेमध्येमा रिजाल नै थिए । सम्भव त रिजाललाई राष्ट्रियसभामा लगिने प्रबल संभावना छ ।
त्यस बाहेक काँग्रेसको समानुपातिक सूचीमा परेकी डा. आरजु राणा देउवा र डा. प्रकाशशरण महतको निशानामा डा. स्वर्णिम वाग्ले र डा. गोविन्दप्रसाद पोख्रेल परेका छन् । काँग्रेसको संगठनलाई मजबुत बनाउन नीति र योजना योजना बनाउन सक्ने क्षमता भएका वाग्लेलाई चितवन र काठमाडौंको ५ नम्बर क्षेत्रबाट टिकट दिने चर्चा चर्चामै सीमित बन्न पुग्यो भने राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल प्यूठानबाट डा. पोख्रेलको तगारो बन्न पुगिन् ।
यसपटक समानुपातिकमा काँग्रेसबाट डा. आरजु राणा देउवा र प्रत्यक्षमा डा. शेखर कोइराला, डा. शशांक कोइराला र डा. चन्द्र भण्डारीले टिकट पाए । उता, समानुपातिकमा सिफारिस भए पनि पूर्वराष्ट्रपति डा. चन्द्रमोहन यादवले समानुपातिकबाट नाम फिर्ता लिए । डा. रामशरण महतले संसदीय राजनीतिबाट विदा लिई समानुपातिकमा भाइ महतलाई सहयोग गरी प्रत्यक्षतर्फ चुनाव नै नलड्ने घोषणा गरे ।
यसरी काँग्रेसमा दर्जनौ डाक्टरहरु भएर पनि अवसर नपाउनु चाहिँ काँग्रेसको लागि दुर्भाग्य ठानिएको जानकारहरुले बताएका छन् । प्रम देउवाको सत्ता स्वार्थका कारण काँग्रेसमा थुपै हेभिवेट नेताहरु वञ्चित हुन पुगेका छन् । काँग्रेसले मेडिकल माफिया, शैक्षिक माफिया, तस्कर र ठेकेदार रोज्दा त्याग गरेका निष्ठावानहरु पछि परेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *