जापानमा चर्चको अनुसन्धान हुँदा ढकाल झस्किए

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जापानी प्रधानमन्त्री फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिंदा नेपालमा राजनीति गर्दै आएका एकनाथ ढकाल झस्किएका छन् । पूूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि अनुसन्धानको दायरामा उक्त चर्च पर्दा परिवार दलको अध्यक्ष भनी राजनीति गर्दै आएका ढकाल झस्किएको भनी समाचार स्रोतले दाबी गरेको छ ।
गत जुलाई ८ मा चुनावी अभियानमा रहेका बेला आबेलाई गोली हानिएको थियो । आबेलाई गोली हान्ने व्यक्तिले आफ्नी आमाले थुप्रै पैसा चर्चलाई दान दिएको र त्यसैका कारण टाट पल्टिएको बताएका थिए । आबेले त्यही चर्चलाई प्रवद्र्धन गरेको भन्दै उनीमाथि गोली हानेको भनी अभियुक्तले बताएको आधारमा चर्चलाई पनि अनुसन्धानको घेरामा ल्याइएको हो ।
यो चर्चमा नेपालका पूर्वमन्त्री एकनाथ ढकाल पनि जोडिएका समाचार स्रोतले दाबी गरेको छ । उक्त चर्चका नाममा उनले नेपालमा विभिन्न कार्यक्रम गरिरहेका बताइएको छ । ढकाल अहिले प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) को समानुपातिक सूचीमा छन् ।
२०६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनी पहिलो पटक सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए । २०७२ मा खड्गप्रसाद शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनी फेरि शान्ति मन्त्री बनेका थिए । २०७५ मंसिरमा एकनाथको युनिफिकेसन चर्चले काठमाडौंमा एसिया प्यासिफिक सम्मेलन विवादित अवस्थामा गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *