काठमाडौंमा रास्वपा दोस्रो ठूलो दल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका चार क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र काठमाडौं ६ मा शिशिर खनाल निर्वाचित भएका हुन् ।
शिशिर खनालले १४,२०४ ल्याएर विजयी हुँदा एमालेबाट उम्मेदवार बनेका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ८,९११ ल्याए । सो क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार भीमसेन दास प्रधानले ८,८०५ मत ल्याई तेस्रो भए । काठमाडौंमा कांग्रेसबाट संघमा उम्मेदवार बनेका प्रधान मात्र पराजित भएका हुन् । सर्वेन्द्र र भीमसेनका बीचमा दोस्रो हुनका लागि तीब्र प्रतिस्पर्धा भएको थियो । सो क्षेत्रको प्रदेशतर्फ भने कांग्रेसबाट उम्मेदवार बनेकी हरिप्रभा खड्गीले भने प्रदेशसभा सदस्यमा निर्वाचित हुने अवसर पाएकी छिन् ।
काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम १५,२२९ मत ल्याएर विजयी हुँदा दोस्रो भएका नेकपा (एमाले) का उम्मेदवार मणिराम फुयाँलले ११,५५५ मत पाए । राप्रपाका उम्मेदवार कुन्तीदेवी पोखरेलको पक्षमा ११,०१४ र ओनसरीको पक्षमा ९,४४९ मत परेको थियो । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ एवम् पूर्वसभामुख ओनसरी घर्तीमगर चौथो स्थानमा रहिन् ।
उता, काठमाडौं ७ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८,७४३ मत ल्याएका छन् । उनका निकटतम एमालेका श्यामकुमार घिमिरेले ६,८०० मत पाए । माओवादी केन्द्रकी मानुषी यमी भट्टराई (अस्मिता सिंह) ले ६,०६३ मत पाइन् । यस्तै, काठमाडौं क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ १०,१०५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६,१७४ मत पाए । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठले ४,८७७ मत पाए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *