बागलुङमा गठबन्धनको ऐतिहासिक जित

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ बागलुङका चारवटै प्रदेश क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा हारेको कांग्रेसले यसपटक नेकपा (एमाले) लाई ‘क्लिन स्वीप’ गरेको छ ।
बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर के.सी.लाई १,४७९ मतान्तरले पराजित गरेका हुन् । थापाले १३,८८४ मत ल्याए भने के.सी.ले १२,४०५ मत ल्याए ।
यसैगरी बागलुङ–१ (२) मा कांग्रेसका डिल्लीराम सुवेदी विजयी भए । सुवेदीले एमालेका नवराज पौडेललाई पराजित गरे । सुवेदीले १३,३२७ ल्याउँदा पौडेलले ७,२५२ मत ल्याए । बागलुङ–२ (१) मा कांग्रेस बागलुङका अध्यक्ष जितबहादुर शेरचन विजयी भए । शेरचनले एमालेका साथ पाएका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरलाई पराजित गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *