अमेरिकामा नेपाली चेलीको चमत्कार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली मूलकी किशोरी परिजिता बास्तोला अमेरिकाको चर्चित रियालिटी शो द भ्वाइसको टप टेन मा प्रवेश गर्दा त्यहाँ रहेका नेपालीजन मख्ख परेका छन् । उनी टप टेनमा छनौट भएको घोषणा क्यालिफोर्नियास्थित द भ्वाइसको सेटबाट बुधबार गरिएको थियो ।
नेपाली खाना दाल भात तरकारी मन पर्छ भन्ने परिजिताले हलिउडमा नेपाललाई चिनाउने लक्ष्य लिएकी छिन् । जम्मा १७ बर्षकी उनले गाउने अंग्रेजी गीतहरुमा आफ्नोपन दिने गरेको भन्दै निर्णायकहरुले उनको प्रशंसा गर्ने गरेका छन् । परिजितालाई मत गर्नका लागि अमेरिका र संसारभरका नेपालीजन र तिनका संघसंस्थाहरुले अभियान नै चलाउंँदै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *