नेशनल लाइफको अभिकर्ता भेला

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं÷ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले सुदूर पश्चिम प्रदेशको महेन्द्रनगरमा अभिकर्ता भेला तथा सम्मान कार्यक्रम सम्पन्न गरेकोछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मार्केटिङ विभाग प्रमुख विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई बीमा विक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
प्रमुख कार्यकारी अधिकृतले कम्पनीमा कार्यरत अभिकर्ताहरुलाई सक्षम र व्यावसायिक बनाउँदै लैजाने नीति अनुरुप कम्पनीले अभिकर्तासँंग सम्वन्धित विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र सोही क्रममा महेन्द्रनगरमा यो कार्यक्रम गरिएको जानकारी गराए ।
कार्यक्रममा महेन्द्रनगर शाखासंँग आवद्ध भई जीवन बीमा व्यवसायमा सक्रिय रहेका करिब एक सय ७५ जना अभिकर्ताहरुको उपस्थिति थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *