लक्ष्मी क्यापिटल र सनफार्मरबीच लगानी सम्भौता

Nayabimarsha (Weekly Newspaper from Nepal)

निजी इक्विटी र भेन्चर क्यापिटलकालागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटल मार्केट लिमिटेडर सौर्य ऊर्जा सेवा प्रदायक कम्पनी सनफार्मरबीच लगानी सम्भाव्यता सम्बन्धी एक समारोहबीच सम्भौता सम्पन्न भएको छ ।
यहि मंसिर ११ गते सम्पन्न सो सम्बन्धी समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुखकार्यकारी अधिकृत राजीव सापकोटा र सनफार्मरका तर्फबाट प्रमुख संचालन अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले आफ्नो धारण राख्दै मर्चेन्ट बैकिङ तथा परामर्श सेवामा बिगतको सफल अनुभव रहेकोले नवीकरणीय र स्वच्छ ऊर्जामा योगदान पु¥याइरहेको सनफार्मरसँग सहकार्र्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताउँदै अन्य परियोजनाहरूको लागि समेत कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन् २०१४ देखि नेपालमा चार सयभन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरिसकेको छ । यस कम्पनीले सौर्य ऊर्जासँंगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्धन गर्ने उद्देश्यका साथ हालसम्म ७८ लाख ४२ हजार सात सय ८२ युनिट स्वच्छ विद्युत उत्पादन गरी सकेकोे छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *