संसदमा देखिने अनुहारलाई आयोगको मान्यता

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / गत मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले बुधबार यसको अन्तिम रुपलाई सार्वजनिक गर्दै सोही व्यहोरा राष्ट्रपतिलाई विहीबार जानकारी गराएको छ ।
आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेश सभातर्फ पाँच सय ५० जना गरी कूल आठ सय २५ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ पुरुष एक सय ८४ जना र महिला ९१ जना निर्वाचित भएका छन् । त्यस्तै प्रदेशसभातर्फ पुरुष तीन ५० जना र महिला दुई सयजना निर्वाचित भएका छन् ।
यसैगरी प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा एक करोड १० लाख ४७ हजार मतदान भएको तथा जसमध्ये एक करोड चार लाख ८७ हजार नौ सय ५८ मत सदर भएको आयोगले जनाएको छ । त्यस्तै, प्रतिनिधिसभासभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख २६ हजार दुई सय २६ मतदान भएकोमा एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको बताइयो ।
प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि एक करोड १० लाख ३४ हजार पाँच सय मतदान भएको थियो । यसमध्ये एक करोड पाँच लाख ८५ हजार तीन सय मत सदर भएको थियो ।
यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १० लाख २८ हजार तीन सय ७६ मतदान भएकोमा एक करोड तीन लाख छ हजार ११ मत सदर भएको बताइएको छ ।
यस्तै, प्रतिनिधिसभातर्फ पुरुष एक हजार सात सय ७२ र महिला एक सय ८९ गरी जम्मा एक हजार नौ सय ६१ जना तथा प्रदेशसभातर्फ पुरुष दुई हजार ८६, महिला दुई सय ३७ र अन्य एक गरी जम्मा दुई हजार तीन सय २४ जना गरी जम्मा चार हजार दुई सय ८५ जना उम्मेदवारहरूको धरौटी रकम जफत भएको आयोगले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *