कस्तो होला विदेश’ सार्वजनिक

Nayabimarsha (Weekly Newspaper from Nepal)

धरान / गायक ज्ञान सुब्बाको नयाँ गीत सार्वजनिक भएको छ । ‘कस्तो होला विदेश’ बोलको गीतमा रमेशचक्र खड्काको शब्द तथा नरेन्द्र प्यासीको सङ्गीत रहेको छ । गीतमा संगीत संयोजन कुमार थापाले गरेका छन् ।
उक्त गीतको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ । भूपेन्द्र तुम्बाहाम्फेको छायाँकन, अनिल रानाको सम्पादन तथा किरण चाम्लिङ्गको निर्देशन भिडियोमा रहेको छ । गीतमा बन्दना राई, दिलीप तामाङ्ग र विष्णु मोक्तानको अभिनय रहेको छ । उनको यो नयाँ गीत सार्वजनिक भएसँगै विभिन्न सञ्चारमाध्यमहरुमा राम्रो स्थान पाएकाले यो गीत नेपालीजनको जिब्रोमा झुण्डिने अपेक्षा गरिएको बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *