काठमाडौं/नेपाली काँग्रेसमा नेतृत्व गरेका जस्तोसुकै काम पनि ल्याप्चे हान्ने प्रबृत्तिमा असहमति (नोट अफ डिसेन्ट) जनाएका छन् । गत पुस २६ गते काँग्रेस संसदीय दलमा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन दिने सर्वसम्मत निर्णय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसी युवा नेता एवं सांसद प्रदीप पौडेल र नेता प्रकाशमान सिंहले असहमति जनाएका छन् ।
ढिलै भए पनि १४औं महाधिवेशनको दाग नेता सिंहले पखालेको चर्चा चलेको छ । तर नेतृत्व रुपान्तरणको चर्को भाषण गर्ने उपसभापति धनराज गुरुङ र सांसद चन्द्र भण्डारी असहमतिको पक्षमा नउभिनुलाई हात्तीको नक्कली देखाउने दाँतसँग तुलना गरिएको छ । संसदीय दलले गरेको निर्णयप्रति अवज्ञा गरे ह्वीप लाग्छ तर असहमति प्रति युवाहरुले एकबद्धता जनाउँदा ह्वीप लाग्दैन । काँग्रेसका युवा सांसदहरु एक ठाउँमा उभिएको सन्देश जान्थ्यो । काँग्रेस संसदीय दलमा सभापति शेरबहादुर देउवाकै बहुमत भएकाले कार्य सम्पादन समितिको बैठकमा युवा नेताहरुको असहमति बगरेसामु खशीले आँसु चुहाउनु जस्तै हुन्थ्यो तथापि नेतृत्वको गलत निर्णय प्रति खबरदारी नगर्ने र नसच्चिने हो भने अव युवा नेताहरुले खरानी धस्नु र जनताको सामु रुपान्तरणको मुद्दा उठाउनु बेकार हुने निष्ठावान् काँग्रेसहरुले बताएका छन् ।
१४आंै महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशनमान सिंह र विमलेन्द्र निधीले गल्ती गर्दाको परिणाम अहिले काँग्रेसले भोग्नुपरेको जानकारहरुले बताएका छन् ।
पाँच भाइले दर्ज गरे असहमति
Facebook Comments Box