गोल्यान सिबिफिनको अध्यक्षमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को तेस्रो वार्षिक साधारणसभाले एनएमबी बैङ्कका अध्यक्ष पवनकुमार गोल्यानलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । १५ सदस्यीय नयाँ कार्यसमिति नै सर्वसम्मत चयन गर्ने क्रममा गोल्यानलाई अध्यक्ष बनाउने भन्ने कुरामा सहमति जुटेको हो ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र राजेश उपाध्याय, महासचिवमा राजनसिंह भण्डारी, कोषाध्यक्षमा तुलसीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली र सहकोषाध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । सदस्यहरूमा उपेन्द्रकेशरी न्यौपाने, उपेन्द्रप्रसाद पौडेल, लीलाप्रकाश सिटौला, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्रकुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधानलाई सर्वसम्मत रुपमा चयन गरिएको जनाइएको छ ।
अध्यक्ष गोल्यानले सिबिफिनले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको विरासतलाई थप उचाइमा पु¥याउँदै मूलतः बैङ्किङ क्षेत्रको साझा संस्थाको रुपमा विस्तार गर्ने प्रतिबद्धता सो अवसरमा जनाए । बैङ्किङ क्षेत्रको सुधार, विकास एवं विस्तारमा केन्द्रित गर्दै समग्र राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने अभिन्न सहयोगी संस्थाको रूपमा सिबिफिनलाई अगाडि बढाउने प्रतिबद्धता उनले व्यक्त गरे ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *