यूनाइटेड इन्स्योरेन्सको साधारणसभा सम्पन्न

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २९औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८÷७९को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।
कम्पनीको हाल कायम चुक्ता पुँजीको पाँच प्रतिशतले हुन आउने रकम पाँच करोड १४ लाख आठ हजार बराबरको बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश रकम २७ करोड पाँच लाख ६८ हजार चार सय २१ वितरण गर्ने कुरा पनि पारित भएको जनाइएको छ । सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय पनि गरियो । कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित गरियो ।
कम्पनीेको गत आ.व.२०७७÷७८ को तुलनामा यस आ.व.२०७८÷७९ मा बीमा शुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई एक अर्ब ५६ करोड ४५ लाख ८६ हजार रुपियाँ गर्न सफल भएको जनाइएको छ । त्यसैगरी गत आ.व.२०७७÷७८को तुलनामा आ.व.२०७८÷७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई रु.१५ करोड ८३ लाख ६८ हजार भएको पनि जनाइएको छ ।
चालु आ.व.२०७९÷८०को आश्विन मसान्तसम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८÷७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई रु.दुई करोड २६ लाख ९२ हजार भएकोे जनाइएको छ । चालु आ.व.२०७९÷८० को पौष ४ गते सम्ममा कम्पनीले रु.५१ करोड ५९ लाख २९ हजार बीमा शुल्क आर्जन गर्न सफल भएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *