पत्रकार महासंघ भक्तपुरको वार्षिकोत्सव

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ नेपाल पत्रकार महासंघको भक्तपुर शाखाले आफ्नो २६औं स्थापना दिवस मनाएको छ । भक्तपुरको कौशलटारमा गरिएको वार्षिकोत्सवमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकारिता जगत जनताप्रति उत्तरदायी हुनुपर्ने धारणा राखे । उनले सत्तामा बस्नेले पदलाई भन्दा कामलाई महत्व दिएको खण्डमा मात्र मुलुक सही ढंगबाट अघि बढ्न सक्ने धारणा राखे ।
महासंघका भक्तपुर अध्यक्ष जगतकृष्ण प्रजापतिको सभापतित्वमा भएको सो कार्यक्रममा भक्तपुरबाट हालै निर्वाचित भएका प्रदेशसभा, प्रतिनिधिसभाका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो । सो अवसरमा प्रतिनिधिसभाका सांसदहरु दुर्लभ थापा, रमा कोइराला पौडेल तथा प्रदेशसभाका सांसदहरु डा. राजेन्द्रमान श्रेष्ठ, सुरेश श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।
महासंघले आफ्नो स्थापना दिवसको अवसर पारेर विभिन्न पुरस्कार तथा सम्मान पनि वितरण गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *