‘प्रसाद २’ नयाँ वर्षमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौ÷ नेपाली कथानक चलचित्र ‘प्रसाद २’ को इन्डक्ल्याप गरिएको छ । छायाङ्कन शुरुवातको ३१ दिनपछि इन्डक्ल्याप गरिएको बताइएको छ । यो चलचित्र तयारी अवस्थामा रहे पनि आगामी बैशाख १ गते नयाँ वर्षको अवसर पारेर प्रदर्शनीमा आउने बताइएको छ ।
सुदर्शन थापाद्वारा निर्देशित यो चलचित्र कास्कीको माछापुच्छ«्रे गाउँपालिकामा छायाङ्कन गरिएको बताइएको छ । एसजी फिल्म्स् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा सुदर्शन बस्नेतको लगानी छ । फिल्मका कार्यकारी निर्माता सुवास थापा हुन् । चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायतको अभिनय रहेको बताइएको छ ।
यसैगरी राजेश श्रेष्ठको छायाङ्कन, राजनराज शिवाकोटीको संगीत, उत्तम न्यौपानेको ध्वनि तथा पत्रकार सुशील पौडेलको कथा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *