सनराइज क्यापिटलको ३० बर्षमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि.सं.२०४९ माघ १ गते स्थापित एन.आई.डि.सि.क्यापिटल मार्केट्स लिमिटेडले आफ्नो स्थापनाको ३० वर्षगाँठ मनाएको छ । बि.सं २०६७ मा एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रुपमा एन.सि.एम.मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई आप्mनो मर्चेण्ट बैंकिङ्ग कारोवारलाई निरन्तरता दिंदै आइरहेको थियो । पछि सनराइज बैंंक लिमिटेडले बि.सं. २०७३ माघ २८ मा प्राप्ती गरेपश्चात् यस कम्पनी सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराइज क्यापिटल लिमिटेडको नामबाट नेपालको पुँजीबजारको विकास र विस्तारमा निरन्तर टेवा पु¥याउँदै मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएकोे छ ।
मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा यही शनिबारदेखि विभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको जनाएको छ । यसरी दिइने छुटमा निःशुल्क डिम्याट खाता ३० दिनका लागि, निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि, लगानी व्यवस्थापन सेवाको भ्लतचथ ीयबम शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट तथा ३० लाख र सो माथिको लगानी व्यवस्थापनकालागि भ्लतचथ ीयबम ३० दिनका लागि निःशुल्क गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । यस्तै, ऋगकतयमष्ब िकभचखष्अभ को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट, पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क ऋगकतयमष्ब िकभचखष्अभ र एयचतायष्यि अयगलकभष्लिन, संस्थागत परामर्श शुल्कमा ३० दिनकालागि ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको जनाइएको छ ।
यसरी नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै यस कम्पनीले हाल दुइवटा म्युचुअल फण्ड “सनराइज फस्र्ट म्युचुअल फण्ड” र “सनराइज ब्लू चिप फण्ड” को व्यवस्थापन गर्दै आइरहेको छ । नयाँ म्युचुअल फण्ड “सनराइज फोकष्ड इक्विटी फण्ड” निष्काशनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोबारअन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी शेयर निष्काशन तथा विक्रि प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूति, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परामर्श सेवाको कार्य गर्दै आइरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *