आइएमई पेको रिचार्जमा क्यास ब्याक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं आइएमई पेले मोबाइल रिचार्जमा पाँच प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दाअघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः शुरु गरिएको छ ।
यस अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा पाँच क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ ।
हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको आइएमई पे ले सो अफर आफ्नो सम्पूर्ण ग्राहकवर्गलाई समर्पित गरेको जनाएको छ । कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले एक महिनाको समय अन्तरालमा आफ्नो मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू.एक सय क्यासब्याक र अरु मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू.एक सय क्यास ब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *