ओलीको अर्को चाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अर्को चालको संकेत गरेका छन् । प्रधानमन्त्री बन्ने अवस्थामा हालका प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँध थाप्न पुगेका ओलीले अहिले दाहाल आफूभन्दा बाहिर रहेको अवस्थामा अर्को चाल खेल्ने संकेत गरेका छन् ।
राष्ट्रपतिको निर्वाचनपछि नेपाली कांग्रेस र एमालेबीच सहकार्य हुन सम्भव रहेको भनी उनले कांग्रेस र माओवादी केन्द्र सहितको हालको गठबन्धनलाई असर पार्न सकिन्छ कि भनी यस्तो कुरा व्यक्त गरेको भनी चर्चा चलेको छ । बिहीबार संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिमा जे पनि सम्भव हुने बताए । उनले कांग्रेससँग सहकार्य गर्नै नसकिने भनी आफू वा आफ्नो दलले कसम नखाएको भन्दै भोलिको दिनमा कांग्रेससँगको सहकार्य हुनसक्ने संकेत गरेका थिए
ओलीले विगतमा संकीर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको आलोचना गरेको बताउँदै भोलिका दिनमा नयाँ राष्ट्रपतिमाथि पनि आलोचना हुन सक्ने धारणा राखे ।
यसैबीच ओलीको यो भनाइलाई लिएर विभिन्न किसिमका अड्कलबाजीहरु हुन थालेका छन् । राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाई माओवादी केन्द्रलाई किनारामा पु¥याइने त होइन भनी अड्कलबाजी समेत हुन थालेको छ ।
माओवादी केन्द्रका नेता पुष्पकमल दाहालले आफ्नो स्वार्थका लागि कहिले को सँग त कहिले को सँग गठबन्धन गर्दै अर्कोलाई धोका दिने गरेको इतिहासका कारण माओवादी केन्द्रलाई किनारामा पु¥याउनु उचित हुनुपर्ने धारणाको विकास समेत भैरहेको छ । यस्तो अवस्थामा ओलीले माओवादी केन्द्रलाई थान्को लगाउन सकिए नेपालको राजनीति अर्को मार्गमा जाने सोचमा ओली रहेका बताइन्छ ।
ओलीले हालको गठबन्धनलाई जसरी पनि टुटाउनुपर्ने मनसायका साथ विभिन्न किसिमका कुरा त चलखेल गर्न थालेका छन् । अलिकति ठाउँ पायो कि अर्कोको अस्थित्व नै समाप्त पार्न पछि नपर्ने ओलीको स्वभावबारे जानकारहरुले भने वर्तमान गठबन्धनलाई ओलीको अभिव्यक्तिले फरक नपार्ने बताइन्छ ।
ओलीको यस्तो अभिव्यक्ति आउनासाथ कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग हालको अवस्थामा कुनै पनि सहकार्य नहुने स्पष्ट पारेका छन् । उनले आगामी २०८४ सालको निर्वाचनको समयमा कुनै सहकार्य हुनसक्ने तर अहिले भने कुनै पनि किसिमको सहकार्य नहुने भनी आफ्नो धारणा राखेका हुन् ।
ओली जहिले पनि खेल खेल्ने कार्यमा तल्लीन हुने बुझेका थापाले ओलीको बोलीलाई तुरुन्तै जबाफ फर्काएर राष्ट्रपतिको मतदानमा नकारात्मक प्रभाव पार्न नदिने प्रयास गरेका थिए । ओलीको बोलीका कारण माओवादी केन्द्रका मतदाताहरुमा भ्रम सिर्जना हुनसक्ने ठानेर महामन्त्री थापाले उक्त धारणा सार्वजनिक गरेका चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *