काठमाडौं / राष्ट्रपति निर्वाचन सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । हाल १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री दाहालले सात सदस्यीय मन्त्रिमण्डलको भरमा मुलुक सञ्चालन गरिरहेका छन् । यसमा माओवादी केन्द्रका ६ जना र जनमत पार्टीका एकजना मात्र मन्त्रिपरिषद्मा छन् ।
गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, शिक्षा र भूमिसुधार, बन, शहरी विकास, युवा तथा खेलकुद, महिला बालबाकिा, कृषि कानून तथा न्याय, रक्षा, उद्योग, बाणिज्य तथा आपूर्ति र श्रम तथा रोजगार लगायतका मन्त्रालयहरु नेतृत्वविहीन छन् । लामो समयसम्म उपरोक्त मन्त्रालयहरुको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दा जनताले डेलिभरी पाउन सकेका छैनन् । राष्ट्रपति निर्वाचनपछि काँग्रेस पनि सरकारमा जाने भएको छ ।
काँग्रेस सरकारमा सहभागी हुने भएपछि पार्टी सभापति शेरबहादुर देउवाले सरकारमा कस्को नेतृत्वमा पठाउने भन्दै नेताको खोजी गर्न थालेका छन् । मापदण्ड बनाएर काँग्रेसले सरकारमा पठाउने भएपछि नेताहरु तँछाडमँछाड गर्न थालेका छन् । उपसभापति पूर्ण बहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधी र डा. शेखर कोइराला मध्ये एकजनाले काँग्रेसको नेतृत्व गर्ने चर्चा चलेको छ । देउवाको रोजाईमा उपसभापति खड्का परे पनि उपप्रधानसहित गृह नपाए सरकारमा नजाने मनस्थितिमा छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सरकारमा नजाने भएपछि सभापति देउवाले पुराना नेताहरु सिंह, निधि र कोइरालामध्ये एकलाई पार्टीको नेतृत्व गर्दै सरकारमा पठाउने काँग्रेस श्रोतले बताएको छ ।
सरकारमा काँग्रेसको नेतृत्व गर्ने नेताको खोजी
Facebook Comments Box