‘राजा’ रिझाउन राप्रपा

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ तात्कालीन राजा ज्ञानेन्द्र शाहलाई रिझाउन राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपा सामेल भएकोमा ‘राजा’ ज्ञानेन्द्र असन्तुष्ट रहेको अवस्थामा राप्रपाका चार शीर्ष नेताहरूले बुधबार ‘राजा’ सँग भेट गरी सम्बन्ध सुधार्ने कार्यमा लागेको बताइएको छ ।
केही हप्तादेखि झापाको चिया बगानमा रहँदै आएका ‘राजा’ ज्ञानेन्द्रसँग राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेताहरू प्रकाशचन्द्र लोहनी र धवलशमशेर राणाले सामूहिक भेटघाट गरेका हुन् । राप्रपालाई भन्दा पनि झापाकै दुर्गा प्रसाइँलाई ‘राजा’ ज्ञानेन्द्रले बढी महत्व दिएका कारण राप्रपाका नेताहरुले आफू भाउ घटेको महसुस गर्दै आएका थिए ।
दाहाल नेतृत्वको सरकारमा सामेल हुनुपूर्व लिङ्देनले ‘राजा’ ज्ञानेन्द्रसँग भेट गरेका थिए । त्यसबेला सरकारमा सामेल हुने वा नहुने भन्ने विषयमा लिङ्देनले कुनै कुरा नउठाई एक्कासी सरकारमा सामेल भएको भन्दै ‘राजा’ त्यसलाई राम्रो नमानेको समाचार स्रोतले बताएको छ । यस्तो अवस्थामा राप्रपा सरकारबाट बाहिरिएको हालको अवस्थामा ‘राजा’सँग भेट गरी उनीहरुले ‘राजा’को विचार सुनेका बताइएको छ । ‘राजा’ को दुर्गा प्रसाइँसँग भेटघाट तथा सामीप्यताले राप्रपाका नेताहरु डराएका थिए । यस्तो अवस्थामा ‘राजा’ लाई रिझाउन उनीहरु प्रसाइँकै जिल्ला पुगी ‘राजा’ सँग भेट गरेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *