प्रहरीको नयाँ महानिरीक्षकमा कुँवर कि राई ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौ/ गत चैत ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ । डिआइजीबाट एआइजीमा बढुवा हुनेहरुमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् ।
यिनै पाँचजनामध्येबाट भोलि चैत ११ गते (आइजीपी) प्रहरी महानिरीक्षक हुनेछन् । एआइजीमा बढुवा भएका कुँवर काँग्रेसनिकट, राई माओवादी निकट र थापा, ज्ञवाली र बज्राचार्यलाई एमाले निकटको बिल्ला भिराइएको छ । काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बोलि बिके कुँवर र माओवादीले गृह मन्त्रालय पाएमा राई प्रहरी महानिरीक्षक बन्ने बजारमा चर्चा चलेको छ ।
एमाले सत्तामा भएको भए थापा, ज्ञवाली र बज्राचार्यमध्ये एकजना महानिरीक्षक बन्ने थिए । एमाले सत्ताबाट बाहिरिएपछि सत्तासिन दलले कुँवर र राईमध्येबाट एकजनालाई महानिरीक्षक बनाउने जानकारहरुले बताएका छन् । बिगतमा धीरजप्रताप सिंहलाई काँग्रेसले नै महानिरीक्षक बनाएको थियो । गृह मन्त्रालयमा काँग्रेसले दाबी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहालले नै राख्ने इच्छा गरेको श्रोतले बताएको छ । उता, सोही मन्त्रालयका लागि नेकपा (एकीकृत समाजवादी) ले समेत दाबी गर्न थालेको छ । बागमती प्रदेशमा मुख्यमन्त्री बनिसकेका राजेन्द्र पाण्डेलाई गृहमन्त्री बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लागि परेको समाचार स्रोतको दाबी छ ।
शक्तिका हिसाबले गृहमन्त्रालय आकर्षक मन्त्रालयमा पर्दछ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरीको सरुवा बढुवा लगायतका कामकाज गृहमन्त्रालय गर्ने भएकोले गृहमन्त्री बन्न मरिहत्ते गर्दछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *