अर्थसचिवमा कृष्णहरि कि केवल भण्डारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ सरकार परिवर्तन हुनासाथ सचिव फेर्ने प्रवृत्ति फेरि पनि शुरु हुने भएको छ । आफ्नो अनुकुलका रुपमा मन्त्रीहरुले सचिवलाई परिवर्तन गर्ने गर्दछन् । यसै शिलशिलामा नव नियुक्त अर्थमन्त्री प्रकाशशरण महतले अर्थसचिवको खोजी गरेका समाचार स्रोतले जानकारी दिएको छ ।
हालका अर्थ सचिव तोयम रायलाई सरुवा गर्ने र उनको ठाउँमा सचिव कृष्णहरि पुष्कर ‘कर्ण’ वा केवल भण्डारीमध्ये कसलाई ल्याउने भन्ने जोखना हेरेको समाचार स्रोतले बताएको छ । अर्थसचिवमा अर्थमन्त्री महतको भन्दा पनि आरजू राणा देउवाको सिफारिस अनुसार गत पुसमा अर्थमन्त्रालयबाट सरुवा भएका सचिव कृष्णहरि पुष्करलाई ल्याउन लागेको काँग्रेसीहरुले बताएका छन् ।
चलखेल गर्न सिपालु पुष्करको छिमेकी देश भारत, प्रधानमन्त्री पुष्पकमल दाहाल र आरजूसँग राम्रो सम्बन्ध भएकाले उनको संभावना बढेको जानकारहरुले बताएका छन् । यता, अर्थमन्त्रालयको क्याडर र काँग्रेसप्रति झुकाव राख्ने सचिव केवल भण्डारीको पनि अर्थ सचिवको चर्चा चलेको छ । भण्डारी हाल राष्ट्रिय योजना आयोगमा कार्यरत छन् ।
अर्थमन्त्रीले सचिवको सरुवासँगै भन्सार विभागको महानिर्देशक, आन्तरिक राजश्व विभागका महानिर्देशक लगायत ४–५ जना सहसचिवहरुलाई पनि फेरबदल गर्ने समाचार स्रोतले बताएको छ । राजश्व संकलन र बजेटमा प्रभावकारी भूमिका खेल्न सक्ने सचिव र महानिर्देशकहरु लगायत भन्सार प्रमुखहरुको सरुवा हुने काँग्रेसीहरुले बताएका छन् । यता, अर्थसचिव बन्ने चाहना भए पनि सचिव बैकुण्ठ अर्यालको अवकाश हुने भएको छ ।
यसैबीच उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेसको गन्ध आएका सचिव विनोदप्रकाश सिंहलाई हटाई वामपन्थी विचारका सचिवहरूको खोजी गरेपछि श्रमसचिव एकनारायण अर्यालले लबिङ् गरेको श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *