अर्थतन्त्रको स्टेरिङ्ग महतको हातमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/नेपालमा आर्थिक विकासको जग हालेका. रामशरण महत आठौं पटक मन्त्री बनेर उमेरका कारण छेउ लागेका छन् । गत चैत्र १७ गते बिस्तार गरिएको मन्त्रिमण्डलमा उनैका भाइ प्रकाशशरण महत अर्थमन्त्री बनेका छन् । उनी काँग्रेसका प्रवक्ता समेत हुन् ।
यसअघिका अर्थतन्त्र नबुझेका वर्षमान पुन, जनार्दन शर्मा र विष्णु पौडेलभन्दा अर्थतन्त्रका बारेमा जानकार मानिन्छन् महत । काँग्रेसले विश्वास र भरोसा गरेर पठाएको हुनाले उनलाई असफल हुने तथा विवादमा आउने छुट छैन । उनी असफल भए त्यसको अपजस कांग्रेसले लिनुपर्ने हुन्छ । विगतमा ऊर्जा, जलश्रोत र परराष्ट्रमन्त्री बनिसकेका अर्थमन्त्री महतले हालको अर्थतन्त्रलाई सुधार्ने हुन् वा आफ्नो आर्थिक हैसियतमात्र सुधार्ने हुन् भनी जिज्ञासा छाएको छ ।
उनले अब संकटग्रस्त बनेको अर्थतन्त्रलाई सुधार गरी अघि बढ्नुपर्ने चुनौती रहेको छ । राजनीतिमा नेपाल विद्यार्थी संघको महामन्त्री बनेर पञ्चायतकालमा जेल सजाय भोगेका अर्थमन्त्रीमहतले अर्थशास्त्रमा पीएचडी गरेका हुन् । सीमा क्षेत्रमा भै रहेको अवैध व्यापार र राजश्व चुहावटलाई निर्मम बनेर रोक्ने प्रतिबद्धता गरेका अर्थमन्त्री महतले मन्त्रालयअन्तर्गतका विभागहरु र भन्सार कार्यालयहरुमा सेटिङ मार्फत घुस खानेहरुलाई कठोर बनेर अघि बढ्नुपर्ने जानकारहरुले बताएका छन् ।
यसै सिलसिलामा अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष लगायतका टोलीसँग राजश्व बृद्धिका बारेमा मिहिन ढंगले छलफल शुरु गरेका छन् । अर्थमन्त्री महतले आगामी आ.व.२०८०÷०८१ को बजेट बनाउँदा जनतालाई राहत पुग्ने गरी लोकप्रिय बजेट बनाउनुपर्ने, पुँजिगत खर्च बढाउनुपर्ने जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *