अब देश लुट्ने पालो रास्वपा र जनमतको

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / पुराना दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) प्रति जनताको वितृष्णा बढेको उदाहरण गत बैशाख १० गते भएको उपनिर्वाचनको मत परिणामले पुष्टि गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ र चितवन–२ मा काँग्रेसको साम्राज्य भत्काएपछि राजनीतिक दलहरुलाई झड्का लागेको छ । मधेश प्रदेशमा पनि जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई भर्खर उदाएको सि.के. राउत नेतृत्वको जनमत पार्टीले १०४ डीग्रीको ज्वरो निकालेको छ ।
भर्खरै सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट जसपाका अध्यक्ष उपेन्द्र यादव, तनहुँ २ बाट रास्वपाका स्वर्णिम वाग्ले र चितवन २ बाट रास्वपाका सभापति रवि लामिछानेले भारी मतान्तरले चुनाव जितेका छन् ।
३० वर्षसम्म पञ्चायतले मुलुकलाई खरानी पा¥यो भन्दै धारे हात लगाउने काँग्रेस, एमाले र २०६४ पछि माओवादी केन्द्रले पनि जनताको अवस्थालाई सुधार्न सकेनन् । स्वास्थ्य, शिक्षा र रोजगारी एवं विकास निर्माणलाई लामो समय सरकारको नेतृत्व गरेको काँग्रेस, एमाले र पछि माओवादी केन्द्रले ध्यान नदिई आफ्नो मात्र दुनो सोझ्याउन लागि परेपछि जनतामा वितृष्णा पैदा भएको जानकारहरुले बताएका छन् । जुनसुकै दलले सरकारको नेतृत्व गरे पनि भ्रष्ट दलाल, माफिया र कमिशनखोर हाबी भै जनताको माग तथा गुनासा ओझेल पर्न थालेपछि उपनिर्वाचनमा भर्खरै उम्रिएका दलले धावा बोले ।
३३ वर्ष देश लुटेका पुराना दलहरु नसच्चिए आगामी २०८४ को चुनावमा सक्किने उद्घोष राजनीतिका ज्योतिषीहरुले गरेका छन् । २०८४ को चुनावपछि देश लुट्ने पालो रास्वपा र जनमत पार्टीको भनी चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *