काँग्रेस नै दाहाल नेतृत्वको सरकारप्रति रुष्ट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / गत २०७८ पुस १० गते खड्गप्रसाद शर्मा ओलीसँग कुम जोड्दै बालकोटको बार्दलीबाट प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले स्थायित्व पाउँछ भन्ने विश्वासमा काँग्रेससँग मिलेर सरकार गठन गरेका थिए । आठौं पटक मन्त्रिरिपषद् विस्तार गर्दा पनि पूर्णता नपाएपछि प्रधानमन्त्री दाहाल यतिबेला काँग्रेस र आफ्नो पार्टीबाट खप्की खानुपरेको छ ।
‘नखाउँ भने दिनभरीको सिकार, खाउँ भने कान्छो बाउको अनुहार’ भनेझैं दाहाललाई भएको श्रोतले बताएको छ । रास्वपालाई सरकारमा सहभागी नगराउँदा सरकार ढल्ने खतरा, सहभागी गराउँदा गृह मन्त्रालयमा दाबी गरेर भ्रष्टाचारको फाइल खोल्ने बताएपछि प्रधानमन्त्री दाहाल संकटमा परेको जानकारहरुले बताएका छन् । यता, दाहाल नेतृत्वको सरकार गठन भएको पाँच महिना पुग्न लाग्दा समेत सरकारले भ्रष्टाचार, महँगी नियन्त्रण र शान्तिसुरक्षा लगायतका काममा फड्को मार्न नसकेपछि काँग्रेसभित्र पनि असन्तुष्टि बढेको छ । काँग्रेसमा संस्थापन पक्षका केही व्यक्ति मन्त्री बने पनि उनीहरुले जनतासँग जोडिने कुनै काम नगरी सत्तामा मात्र रमाउने गरेपछि संस्थापन इतर पक्ष वर्तमान सरकारप्रति रुष्ट बनेको छ ।
यसरी चौतर्फी रुपमा अदृष्य शक्तिको समेत दबाबमा परेका प्रधानमन्त्री दाहाललाई पद जोगाउन धौधौ परेको छ । रास्वपालाई मागेको मन्त्रालय नदिए समर्थन फिर्ता लिन लगाएर विश्वासको मत लिने क्रममा नेकपा (एस) बाट पाँचजना, जनता समाजवादीबाट ११ जना, जनमतका ६ जना र काँग्रेसका केही रुष्ट सांसदलाई अनुपस्थित गराएर दाहाल नेतृत्वको सरकार ढाल्ने खेलमा एमाले रहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *