रास्वपाका अध्यक्षलाई दुबै हातमा लड्डु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौैं/ संसदमा चौथो शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दुबै हातमा लड्डु हुने अवस्था देखा परेको छ । नीति, सिद्धान्त र विचार विनाको रास्वपाका अध्यक्ष रवि लामिछानेलाई नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री बन्न ललिपप देखाएका छन् ।
आपूm कुनै पनि हालतमा प्रधानमन्त्री हुने संभावना नदेखेपछि ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको १० दलीय गठबन्धन भत्काउन अहोरात्र लागिपरेका छन् । जतिसुकै तानाबाना रचेर जाल फ्याँके पनि रास्वपाका अध्यक्ष लामिछानेलाई अंकगणित विषय लागेर फेल हुने निश्चित छ ।
अहिलेको अवस्थामा एमालेको ७७, रास्वपाको २१, राप्रपाको १४, जनमत पार्टीको ६ गर्दा कुल सांसद ११८ मात्र हुन्छन् । माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन आजसम्म पनि रास्वपाले फिर्ता लिएको छैन । प्रधानमन्त्री दाहालले पनि रास्वपालाई पुरानै मन्त्रालयहरु गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय दिने संकेत देखाएका छन् । यसबारे रास्वपाले आज शुक्रबार केन्द्रीय समिति र संसदीय दलको बैठकमा निर्णय गर्ने समाचार श्रोतले बताएको छ ।
उपप्रधानसहित गृह लिएर पार्टी अध्यक्ष सरकारमा गए ओलीको अस्त्र बेकार हुने र माओवादीका उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ ट्वाँ पर्ने बताइएको छ । आपूmहरुले राखेको चार बुँदे माग र मन्त्रालय नपाए समर्थन फिर्ता लिँदा दाहाल नेतृत्वको सरकार ढल्न सक्ने चर्चा चलेको छ । प्रधानमन्त्री दाहालले पाँच महिनासम्म उद्घाटन र प्रतिबद्धता मात्रै बाँढी सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *