कांग्रेसबाट थपिए मन्त्री, स्वास्थ्यमा बस्नेत

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका तीनजना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् । कांग्रेस उपसभापति धनराज गुरुङ कानून न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
प्रधानमन्त्रीको सिफारिसमा उनीहरुलाई बुधबार नै राष्ट्रपतिले मन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुले हिजो बिहीबार शपथ ग्रहण लिएका छन् ।
मन्त्री नियुक्तिसँगै मन्त्रिपरिषद २२ सदस्यीय भएको छ । अझै मन्त्रिपरिषदले पूर्णता पाएको छैन । अझै वन तथा वातावरण र खानेपानी मन्त्रालय खाली छ । २२ सदस्यीय मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट आठजना रहेका छन् । नेकपा (माओवादी केन्द्र) बाट प्रधानमन्त्रीसहित पाँच मन्त्री र दुई राज्यमन्त्री गरी सात जना, जनता समाजवादी पार्टीबाट एक जना, नेकपा (एकीकृत समाजवादी) बाट दुई मन्त्री र एक राज्यमन्त्री गरी तीन जना, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीका एक÷एक जना रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *