भृकुटीमण्डपको फनपार्कमा चलखेल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित सरकारी जग्गा ५ वर्षका लागि लिजमा लिएर भृकुटी फनपार्कका संचालक अमात्य इन्टरनेशनल सप्लायर्सका हरिगोपाल अमात्यले चलखेल थालेका छन् । मनोरञ्जनात्मक खेल सञ्चालन गर्दै आएका अमात्यले सम्झौताविपरित उक्त ठेक्का एकजना मारवाडी मूलका व्यक्तिलाई सुम्पने तयारी गरेको समाचार स्रोतले दाबी गरेको छ ।
पाँच वर्षको लागि ठेक्का सकारेका अमात्यले त्यहाँ संचालित अन्य व्यवसायी तथा कर्मचारीहरुको अवस्थालाई ध्यान नदिई मारवाडी समुदायका व्यक्तिलाई पोस्ने तयारी उनले गरेको समाचार स्रोतको दाबी छ । उनले खेल मनोरञ्जन सञ्चालन गर्न थालेको नौ महिनामै भृकुटी फनपार्कलाई अर्कैलाई जिम्मा लगाएर आफू भने विदेशिने तयारी गरिरहेको समाचार स्रोतको दाबी छ ।

समाज कल्याण परिषद्को भृकुटीमण्डप कार्यालय स्रोतका अनुसार मासिक रुपमा नियमित बुझाउनु पर्ने जग्गा भाडा तीन महिनाको बाँकी भइसकेको छ । त्यस्तै, कर्मचारी र काम गर्ने मजदुरलाई केही महिनादेखिको मासिक पारिश्रमिक दिनै बाँकी रहेको बताइएको छ । मासिकरुपमा नियमित बुझाउनुपर्ने भाडा परिषद्ले ताकेता गर्दा समेत बुझाउन नसकेको अवस्थामा सञ्चालक अमात्य भने खेल परिसरमा राखिएका खेलका लगानीकर्ता अर्थात् खेलवाला, स्टलवाला र रेष्टुरेन्टवालासँग मोटो रकम असुलेर विदेशिने तयारीमा रहेको स्रोतले बतायो । परिषद्लाई मासिक बुझाउनुपर्ने रु.१६ लाखका दरले तीन महिनाको भाडा तिर्न बाँकी रहेको, भाडा बहालकर, मूल्यअभिवृद्धी कर (भ्याट), कामदार तथा कर्मचारीको मासिक तलब समेत थुप्रै रकम बाँकी रहेकाले उनले अमात्यले अर्कैलाई जिम्मा लगाएर आपूm भने पैसा उठाएर भाग्ने तयारी गरेको बताइएको छ ।

बखत उनी विदेशिने तरखरमा रहेको अमात्य निकट स्रोतले जानकारी दिएको छ । यसअघि खेल मनोरञ्जन सञ्चालन गरिरहेका व्यक्तिलाई उक्त खेल हटाउन दबाब दिएर अर्काे कसैलाई खेल सञ्चालन गर्न लगाउने योजना अमात्यले पालीरहेको स्रोतले बतायो । उक्त स्रोतका अनुसार खेल क्षेत्र परिसरमा रहेका स्टलवाला, रेष्टुरेन्टवाला र खेलवालासँग गरी दुई तिन करोड बढी असुलेका सञ्चालक हरिगोपाल अमात्यले निरन्तर घाटा बेहोर्दै जानु परेपछि सबैसँग सम्पर्कविहीन हुन बाध्य भएको स्रोतले बतायो ।
अमात्यले खेल सञ्चालनका लागि पाँच वर्षका लागि जग्गा भाडामा लिएको अवस्थामा एक वर्ष समय अझै गुज्रिसकेको छैन । उनले मारवाडी समूहलाई ‘सबलिज’ मा दिने प्रावधान भने नरहेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *