रायमाझी फरार, खाण पक्राउ थापालाई तयारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नक्कली भूटानी शरणार्थी काण्डमा काँग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रहरी हिरासतमा रहेका छन् । खाणलाई बुधबार विहान चाबहिल मैजुबहालस्थित निवासबाट पक्राउ गरी अनुसन्धानका लागि भनी काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद लिई बुधबारदेखि प्रहरी हिरासतमा राखिएको हो ।
प्रहरीले खाणसँगै उनका स्वकीय सचिव नरेन्द्र के.सी.लाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ । उता, नेकपा (एमाले) का नेहरूले टोपबहादुर रायमाझीलाई निलम्बन गर्नुपर्ने बताएपछि उनी निलम्बनमा परेका छन् ।
नक्कली भूटानी शरणार्थी काण्डमा खाणकी पत्नी एवं समानुपातिक सांसद मञ्जु खाणको पनि नाम जोडिएको छ । उनीमाथि पनि अनुसन्धान भैरहेको समाचार स्रोतले बताएको छ । खाणको काठमाडौं उपत्यकामा मात्रै कम्तीमा पाँचवटा घर र अनगिन्ती घडेरीहरु रहेको समाचार स्रोतले बताएको छ ।
नक्कली भूटानी शरणार्थी प्रकरणमा यसअघि एमाले सचिव (पूर्व माओवादी) टोपबहादुर रायमाझीलाई पनि पक्राउ पूर्जी जारी भएपछि उनी फरार छन् । रायमाझीलाई एमालेका अध्यक्ष खड्कप्रसाद ओलीले लुकाएको आरोप लागेको छ । एमालेका नेताहरुले सचिवालय बैठकमा रायमाझीलाई निलम्बन गर्नुपर्ने बताएका थिए ।
रायमाझी अर्घाखाँचीबाट काठमाडौं आउने क्रममा बुटवलबाटै भागेको श्रोतले बताएको छ । प्रहरीले अर्का पूर्व गृहमन्त्री रामबहादुर थापालाई पनि पक्राउ गर्ने तयारी गरिरहँदा एमालेले प्रतिशोध साँधेको आरोप लगाएका छन् । थापाका छोरा प्रतीक थापा पक्राउ पूर्जी जारी भएपछि फरार छन् भने रामबहादुरका राजानीतिक सल्लाहकार ईन्द्रजित राई पक्राउ परिसकेका छन् । अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले चर्चित बनेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *