भन्सार विभागको महानिर्देशकमा को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / गत २०७९ मंसिरमा भन्सार विभागको महानिर्देशक बनाइएका चक्रबहादुर बुढाको सरुवा ४४ जना सहसचिवहरुको लटमा परेको छ । बुढा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् । ठूलो मात्रामा राजश्व असुली गर्ने भन्सार विभाग अहिले नेतृत्वविहीन बन्न पुगेको छ ।
करिव छ महिना भन्सार विभागको महानिर्देशक भएर सरुवा भएका बुढा अर्थका जानकार व्यक्ति हैनन् । प्रशासन क्षेत्रका सहसचिव बुढालाई तात्कालिन अर्थमन्त्री जनार्दन शर्माले जबरजस्ती पठाएका थिए । राजश्व उठाउन भरपूर प्रयास गरे पनि उनी सफल हुन नसकेको चर्चा चलेको छ । आगामी जेठ १५ गते आ.ब. २०८०÷०८१ को बार्षिक बजेट प्रस्तुत हुँदैछ । अहिले मुलुकमा चरम आर्थिक मन्दी चलिरहेको र लक्ष्य अनुसार राजश्व उठ्न सकेको छैन । भन्सार कार्यालयहरुको तालुक अड्डा भन्सार विभाग नेतृत्वविहीन छ ।
वीरगञ्ज, विराटनगर, भैरहवा, तातोपानी र केरुङ लगायतका भन्सार कार्यालयहरुबाट लक्ष्य अनुसार राजश्व उठ्न नसकेको अवस्थामा अर्थ मन्त्रालयमा पनि अर्थसचिव परिवर्तन भएका छन् । अर्थसचिव अर्जुन पोखरेल पनि खासै अर्थका जानकार हैनन् तथापि कर कार्यालय बबरमहल र आन्तरिक राजश्व विभागमा बसेर अर्थतन्त्रको कखरा सिकेको अर्थका जानकारहरुले बताएका छन् ।
अर्थमन्त्री र अर्थसचिवलाई विचौलियाहरुले घाँटी जोडिदिएका कारण दुबैको स्वार्थ मिलेको बताइएको छ । नत्र अर्थमन्त्री महतले अर्थका क्याडर डा. बैकुण्ठ अर्याल, केवल भण्डारी र मधु मरासिनीलाई नल्याउनुको कारण के भनी चर्चा चलेको छ । यही गु्रपले अर्थसचिव पोखरेललाई असफल बनाउने जानकारहरुले बताएका छन् । यसैबीच बजेट भाषणपछि भन्सार विभागको महानिर्देशकमा भुपाल बराल र शोभाकान्त पौडेलको चर्चा चलेको छ ।
बरालले राजश्व अनुसन्धान र पौडेलले आन्तरिक राजश्व विभागको महानिर्देशक भै नेतृत्व गरिसकेका छन् । उनीहरू दुबै अर्थका क्याडर हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *